काठमाडौं। राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा नियुक्त आदर्शकुमार श्रेष्ठले पदभार ग्रहण गरेका छन्। कोष संरक्षक रहेकी प्रधानमन्त्री सुशीला कार्कीले उनलाई आगामी ५ वर्षका लागि उक्त पदमा मनोनीत गरेकी थिइन्।
श्रेष्ठ प्रधानमन्त्री सुशीला कार्कीका प्रमुख स्वकीय सचिव थिए। आफ्ना प्रमुख स्वकीयलाई नै कोषमा मनोनीत गरेको भन्दै प्रधानमन्त्री कार्कीको चौतर्फी आलोचना भएको थियो।
प्रधानमन्त्री कार्कीले जाँदाजाँदै श्रेष्ठलाई नियुक्त गरेपछि विवादमा परेकी थिइन्।
Artha Sanjal






