काठमाडौं । वीरगञ्ज (पर्सा) चालु आर्थिक वर्षको पहिलो सात महिनामा कुल रु १ खर्ब २३ अर्ब ६७ करोड बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। वीरगञ्ज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यस वर्ष इन्धन आयातमा वृद्धि देखिएको छ।
यस अवधिमा पेट्रोलियम पदार्थबाट रु ५२ अर्ब १५ करोड राजस्व संकलन भएको छ। विवरणअनुसार रु ६३ अर्ब ६५ करोड बराबरको ७ लाख २ हजार ३०० किलोलिटर डिजेल आयात गरिएको छ।
त्यसैगरी, रु २५ अर्ब ३० करोड बराबरको २ लाख ९० हजार ३८२ किलोलिटर पेट्रोल र रु २० अर्ब ८५ करोड बराबरको २० करोड २८ लाख २० हजार ९३२ किलोग्राम एलपी ग्यास आयात भएको छ।
Facebook Comments Box




