काठमाडौँ । प्रभु इन्स्योरेन्स कम्पनी ले संस्थापक शेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको स्वामित्वमा रहेको ६ लाख ८० हजार कित्ता शेयर बिक्री खुला गरेको हो।
हालका संस्थापक शेयरधनीहरूले मात्रै उक्त शेयर खरिदका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। इच्छुक संस्थापक शेयरधनीहरूले आवश्यक कागजातसहित सूचना प्रकाशित भएको मिति (चैत ११ गते) देखि ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय, तीनकुने काठमाडौंमा सम्पर्क गर्नुपर्नेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरूबाट कुनै आवेदन नआएको अवस्थामा भने प्रचलित कानुनअनुसार अन्य व्यक्ति तथा संस्थालाई समेत उक्त शेयर बिक्री गरिने कम्पनीले जनाएको छ। बिक्रीमा राखिएको उक्त शेयरको न्यूनतम मूल्य भने खुलाइएको छैन।
Artha Sanjal






