पश्चिम एसिया संकट: उद्धार उडान आज पनि जारी

काठमाडौं । सरकारको समन्वयमा नेपाल वायुसेवा निगमले पश्चिम एसियाका विभिन्न देशमा अलपत्र परेका नेपाली नागरिकलाई उद्धार उडानमार्फत क्रमशः स्वदेश फर्काउन थालेको छ।

निगमका प्रवक्ता देवेन्द्र पुनका अनुसार बिहीबार विशेष उद्धार उडानमार्फत दुबई विमानस्थलमा अलपत्र परेका २७२ जना नेपालीलाई काठमाडौं ल्याइएको हो।

सोही विमानमार्फत काठमाडौं विमानस्थलमा अलपत्र परेका २६० जना यात्रुलाई दुबईसम्म पुर्‍याइएको उनले जानकारी दिए।

प्रवक्ता पुनका अनुसार आज पनि निगमको विमान २६७ जना यात्रु लिएर दुबई प्रस्थान गर्नेछ। उक्त विमानले त्यहाँबाट १६४ जना नेपालीलाई स्वदेश फर्काउने तयारी गरिएको छ।

पश्चिम एसियाको आकाशमा उडान निषेध भएपछि उद्धार उडान सुरु गरिएको हो। गत फागुन १६ गतेदेखि उडान बन्द भएपछि त्यहाँ रहेका नेपाली नागरिक अलपत्र परेका थिए।

संयुक्त राज्य अमेरिकाइजरायलले संयुक्त रूपमा इरानमा हवाई आक्रमण गरेपछि पश्चिम एसियाली क्षेत्रमा उडान प्रभावित भएको हो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *