गरिमा सुवर्ण योजनाको इकाइ बिक्री खुल्यो, प्रतिइकाइ मूल्य १० रुपैयाँ

काठमाडौं। गरिमा विकास बैंक कोष प्रवर्द्धक र गरिमा क्यापिटल योजना व्यवस्थापक रहेको गरिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित गरिमा सुवर्ण योजनाको इकाइ आजदेखि बिक्रीमा आएको छ।

योजनाअन्तर्गत प्रतिइकाइ १० रुपैयाँका दरले कुल १० करोड इकाइ बिक्रीमा आएको हो।

यसमध्ये ६० लाख इकाइ योजना व्यवस्थापक गरिमा क्यापिटल र ९० लाख इकाइ कोष प्रवर्द्धक गरिमा विकास बैंकलाई सुरक्षित गरी प्रथम पटकका लागि ३ करोड ५० लाख इकाइ सर्वसाधारणमा बिक्री खुला गरिएको हो।

आवेदनमा न्यूनतम १०० इकाइ र अधिकतम ५० लाख इकाइसम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा चैत २ गते र ढिलोमा चैत १२ गते हुनेछ।

खुलामुखी योजना भएकोले बाँकी इकाइ योजना व्यवस्थापनले तोकेको वितरणमार्फत निरन्तर खरिद–बिक्रीका लागि खुला गरिनेछ।योजनाको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक गरिमा क्यापिटल रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *