सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदै छ कारोबार ?

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ हजार ७०० रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा सुन प्रतितोला ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य पनि घटेको छ । आजको बजारमा चाँदी प्रतितोला ६५ रुपैयाँ घटेर प्रतितोला ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजार चाँदी तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *