जसप्रित बुमराहको कसिलो बलिङसँगै भारतले जित्यो टी–२० विश्वकप

जसप्रित बुमराहको कसिलो बलिङसँगै भारतले टी–२० विश्वकपको उपाधि जितेको छ।

मार्च ८, आइतबार राति सम्पन्न फाइनल खेलमा न्युजिल्यान्डलाई ९६ रनले पराजित गर्दै भारतले उपाधि जितेको हो।

२५६ रनको लक्ष्य पछ्याएको न्युजिल्यान्डलाई भारतले १९ ओभरमा सबै विकेट लिएर १५९ रनमा रोक्दै विश्वकप विजयी भएको हो।

न्युजिल्यान्डका ओपनर टिम सिफर्टले सर्वाधिक ५२ रन बनाए। त्यस्तै, मिचेल स्यान्टनरले ४३ रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न नसक्दा भारत उपाधि जित्न सफल रह्यो।

भारतलाई जित दिलाउन पेसर बलर जसप्रित बुमराह निर्णायक बने। उनले ३.५ ओभरमा मात्र १५ रन दिएर ४ विकेट लिए।

त्यस्तै, अक्षर पटेलले ३ विकेट, हार्दिक पाण्ड्या, अभिषेक शर्मा र वरुण चक्रवर्तीले समान एक विकेट लिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *