नबिल बैंककको सिइओमा ज्ञानेन्द प्रसाद ढुंगानाको इन्ट्री

नबिल बैंककको कार्यकारी अधिकृत (सिइओ) मा ज्ञानेन्द प्रसाद ढुंगाना नियुक्त हुने भएका छन् ।

नबिल बैंकका (सिइओ) अनिल केशरी शाहको ४ बर्षे कार्यकाल सकिनै लाग्दा नेपाल बंगलादेश बैंकका पुर्व कार्यकारी अधिकृत (सिइओ) ढुंगाना पुन:कार्यकारी अधिकृतमा नियुक्त हुने भएका हुन् । बैंक निकट उच्च स्रोतले भन्यो ‘ दुई बैंकको एक्विजिसनको सम्पूर्ण प्रक्रिया पुरा भईसकेको छ,ज्ञानेन्द प्रसाद ढुंगाना अब नबिल बैंकमा ४ वर्षका लागि प्रमुख कार्यकारीको रुपमा रहने छन् । ढुंगाना नेपाल बंगलादेश बैंक लिमिटेडका पूर्व कार्यकारी अधिकृत (सिइओ) हुन् ।

अनिल केशरी शाहको समयसीमा आगामी असार ७ गते सकिदै छ। सिइओ शाह २०७५ साल असार ७ गते बैकमा प्रवेश गरेका थिए ।

नबिल बैंकले नेपाल बंगलादेश बैंक (एनबी) लाई आफूमा गाभ्न गत फाल्गुन २९ गते आइतबारका दिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो । सैद्धान्तिक सहमति भएसंगै दुई बैंकबीच बिहीबार प्राप्ति (एक्विजिसन) सम्बन्धी प्रारम्भिक सम्झौतामा नबिलका तर्फबाट सञ्चालक तथा मर्जर कमिटीका संयोजक उदयकृष्ण उपाध्याय र नेपाल बंगलादेशका तर्फबाट सञ्चालक तथा सदस्य इन्द्रबहादुर थापाले हस्ताक्षर गरेका थिए  । एक्विजिसनको काम पाँच महिनाभित्र सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक (एनबी) लाई नबिल बैंकले एनबी बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो ।

यस एक्विजिसन पश्चात् नबिल बैंकको कुल कर्जा करिब ३ खर्ब १ अर्ब र कुल निक्षेप करिब ३ खर्ब १८ अर्ब कायम हुनेछ । यसका साथै, एनबी बैंकसँग एकीकृत कारोबार सुरु भएपछि नबिल बैंकको शाखा सञ्जाल २४१ र एटीएम संख्या २९२ पुग्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *