काठमाडाैं। सर्वाेच्च अदालतले मेडिकल व्यवसायी एवं अभियन्ता दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न आदेश दिएको छ । प्रसाईंको बन्दी प्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीश महेश शर्मा पौडेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको हो ।
प्रसाईं गत मंगलबार पक्राउ परेका थिए । उनीमाथि जिल्ला प्रहरी कार्यालयले पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको थियो ।




