निर्वाचनमा चुस्त सुरक्षा, १४ स्थानमा भेटिएका शंकास्पद वस्तु ‘डिस्पोज’

काठमाडौं। सुरक्षाकर्मीले प्रतिनिधिसभा निर्वाचनको अघिल्लो दिन बुधबार बेलुकीसम्म देशभर विभिन्न ठाउँमा भेटिएका शंकास्पद वस्तु डिस्पोज गरिएको जनाएको छ।

निर्वाचन बिथोल्न खोज्ने समूहले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ स्थित चपली र नागार्जुन नगरपालिका२ मा राखेको शंकास्पद वस्तु सेनाले निष्क्रिय पारेको छ। देशभर १४ ठाउँमा शंकास्पद वस्तु भेटिएको प्रहरी प्रवक्ता (डीआईजी) अविनारायण काफ्लेले बताए। सबै शंकास्पद वस्तु आतंकित पार्ने उद्देश्यले राखिएको ‘होक्स’ रहेको उनको भनाइ छ।

कोसी प्रदेशको ताप्लेजुङ, मोरङ, सुनसरी र उदयपुरमा शंकास्पद वस्तु फेला परेका छन्। मधेसका पर्सा, धनुषा, महोत्तरी र सर्लाहीमा शंकास्पद वस्तु भेटिएको प्रहरीले जनाएको छ।

कर्णालीको सुर्खेत र सुदूरपश्चिमको कञ्चनपुरमा शंकास्पद वस्तु भेटिएको थियो। गण्डकीको बागलुङ र कास्कीमा शंकास्पद वस्तु भेटिएको थियो। शंकास्पद वस्तु सेनाको डिस्पोजल टोलीले निष्क्रिय बनाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *