काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा पैसा बाँड्दै हिँडेको अवस्थामा पक्राउ परेका धनुषा क्षेत्र नम्बर–४ का स्वतन्त्र उम्मेदवार राजकिशोर महरा हाजिर जमानीमा छुटेका छन् । उनी मंगलबार पक्राउ परेका थिए ।
प्रहरीले उनको साथबाट ४८ हजार ५ सय नगद र डायरी बरामद गरेको थियो । पैसाको हिसाब उल्लेख भएको डायरी र नगद प्रहरीले बरामद गरेको छ ।







