साउदी अरबको रियादमा रहेको अमेरिकी दूतावासमा आक्रमण

साउदी अरेबियाको रक्षा मन्त्रालयले रियादस्थित अमेरिकी दूतावासमा दुईवटा ड्रोनबाट आक्रमण भएको पुष्टि गरेको छ।

दूतावासले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा आक्रमणबाट भवनमा सानो आगलागी भएको र सामान्य क्षति भएको बताएको छ।

साउदी अरेबियास्थित अमेरिकी मिसनले जेद्दा, रियाद र धहरानका बासिन्दाहरूलाई ‘घरमै सुरक्षित रहन’ सल्लाह दिएको छ।

सोमबार बिहानै कुवेतस्थित अमेरिकी दूतावासबाट वा नजिकै धुवाँ उठिरहेको देखिएको थियो।

यसपछि दूतावासले मानिसहरूलाई दूतावासमा नआउन र घरमै सुरक्षित रहन आग्रह गरेको छ।

इजरायल र अमेरिकाले शनिबार इरानमाथि आक्रमण गरेपछि इरान र इजरायलले एकअर्कामाथि आक्रमण गरिरहेका छन्।

यसैबीच, इरानले मध्यपूर्वी देशहरूमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई निशाना बनाइरहेको छ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *