ट्रम्पको दाबीः इरानी सर्वोच्च नेता अली खामेनी मारिए, जनताले न्याय पाए

काठमाडौं। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएको दाबी गरेका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत यो जानकारी दिएका हुन्।

उनले ट्रुथ सोसलमा लेखेका छन्, ‘अमेरिकासँगै इजरायलले तेहरानमा गरेको आक्रमणमा इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनी मारिएका छन्।’

उनको मृत्युसँगै इरानका जनतालाई, अमेरिकनहरुलाई र विश्वका धेरै देशका मानिसहरुलाई ‘न्याय’भएको टिप्पणी गरे।

यसअघि रोयटर्स समाचार एजेन्सी र इजरायली सञ्चार माध्यमले पनि ८६ वर्षीय इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी गरेका थिए।

इजरायल र अमेरिकाले संयुक्त रुपमा गरेको आक्रमणबाट अली खामेनीको निवास पूर्ण रुपमा ध्वस्त भएको स्याटेलाइट तस्वीरमा देखिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *