अमेरिका । इरानका अन्तिम शाह रेजा पहलवी ले इरानी सर्वोच्च नेता आयतोल्लाह अली खामेनी को मृत्यु भएको दाबीसहित सार्वजनिक भएका खबरप्रति प्रतिक्रिया दिएका छन्।
उनले खामेनीको अन्त्यसँगै इस्लामिक गणतन्त्रको व्यवहारिक पतन सुरु भएको दाबी गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै पहलवीले खामेनीलाई इरानी पौराणिक कथाका क्रूर पात्र ‘जहाक’सँग तुलना गर्दै अब राष्ट्रिय उत्सवको सुरुवात भएको उल्लेख गरेका छन्।
उनले खामेनीलाई दशौँ हजार इरानी युवायुवतीका हत्याराको रूपमा चित्रण गर्दै इतिहासले उनलाई अस्वीकार गर्ने बताएका छन्।
पहलवीले इरानी अधिकारीहरूलाई नयाँ उत्तराधिकारी नियुक्त नगर्न चेतावनी दिएका छन्।
साथै, सेना, सुरक्षा निकाय र प्रहरी बललाई जनताको पक्षमा उभिने यो अन्तिम अवसर भएको उनको भनाइ छ।
सन् १९७९ को इस्लामिक क्रान्तिपछि निर्वासनमा गएका पहलवी हाल संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन्।
अमेरिका र इजरायलले खामेनीको मृत्यु भएको दाबी गरे पनि इरान सरकारले उक्त दाबीलाई पुष्टि गरेको छैन।







