सुनसरी। सुनसरीको इटहरी उपमहानगर १ आपगाछीमा ६ करोड ६० लाखको लागतमा चन्देश्वर शिव मन्दिर निर्माण गरिएको छ।
स्थानीय चन्द्रप्रसाद अधिकारीका सन्तानले उक्त मन्दिर निर्माण गरेका हुन्। मन्दिरको एक कार्यक्रमबीच शनिबार नेपालका प्रथम जगत्गुरु वालसन्त मोहनशरण देवाचार्यले उद्घाटन गरेका थिए।
भोजपुरको याक्कुकट्टीबाट सुनसरीको इटहरी आपगाछीमा १९९० सालतिर बसाइँ सरेर आएका चन्द्रप्रसादका सन्तानले पाँच कट्ठा जग्गा खरिद गरी मन्दिर निर्माण गरेको निर्माण समितिका अध्यक्ष विनोद अधिकारीले बताए।
चन्द्रप्रसादका देशभर छरिएर रहेका सात भाइ छोराका नाति तथा पनातिले संयुक्त रुपमा जग्गा खरिद गरी चार वर्ष लगाएर मन्दिर निर्माण गरेका हुन्।
शिव मन्दिर निर्माणपछि पूजाआर्चनाका लागि खुला गरिएको छ। यहाँ दैनिक भक्तजन पूजाआज गर्न आउने गरेका छन्।
Artha Sanjal






