कोरियाली रेलमा नेपालको पर्यटन प्रचार, सिउल–बुसान रुटमा भिडियो प्रदर्शन

काठमाडौं।  दक्षिण कोरियाका लागि नेपाली दूतावासले तयार पारेको नेपालको पर्यटन प्रवर्द्धनसम्बन्धी प्रवद्र्धनात्मक भिडियो कोरियाको रेलमा प्रदर्शन गरिएको छ।

सिउल–बुसान रुटमा सञ्चालन हुने केटिएक्स हाई स्पीड ट्रेन नं १०१ मा सो भिडियो प्रदर्शन गरिएको हो।

फेब्रुअरी १ देखि प्रदर्शन भइरहेको उक्त १७ सेकेन्डको भिडियो ‘स्क्रिनिङ’का लागि दक्षिण कोरियाका लागि नेपाली राजदूत डा शिवमाया तुम्बाहाङ्फेले १४ अप्रिल २०२५ मा कोरेलका प्रमुख कार्यकारी अधिकृतसँगको भेटमा प्रस्ताव गरेकी  थिइन्।

कोरेल र योनहाप समाचार एजेन्सीको सहयोगमा सन् २०२६ को फेब्रुअरीभरि कोरेलद्वारा सउल बुसान रुटमा सञ्चालन हुने उक्त रेलमा दिनमा कम्तीमा दुई पटक उक्त भिडियो निःशुल्क ‘इन ट्रेन स्क्रिनिङ’ गराउन दूतावास सफल भएको हो ।

भिडियोमा लुम्बिनी, सगरमाथा, चितवन राष्ट्रिय निकुञ्ज, स्वयम्भूनाथ र बौद्ध स्तुपाका साथै नेपाली कला र संस्कृतिका केही भिडियो क्लिप समावेश रहेको दूतावासले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *