नेपाल यू-२३ टोली भोलि स्वदेश फर्कने

एएफसी यू-२३ एसियन कप छनोट प्रतियोगितामा सहभागी जनाएको नेपाली टोली भोलि (बुधबार) नेपाल फर्कने भएको छ ।

छनोट प्रतियोगितामा तीन खेल खेलको नेपाली टोली बुधबार साँझ ६ः३५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा झर्ने कार्यक्रम रहेको टिम  व्यवस्थापक उत्तम न्यौपानेले न्युज कारखानालाई जनकारी गराए ।

प्रतियोगितामा नेपालले तीन खेल खेलेको थियो । नेपाल तीनवटै खेलमा जितविहीन र गोलविहीन रह्यो ।

पहिलो खेलमा बलियो इरानविरुद्ध ४-० गोल अन्तरले पराजित नेपाल दोस्रो खेलमा आयोजक ताजकिस्तानसँग ६-० गोल अन्तरले पराजित भएको थियो । अन्तिम खेलमा भने नेपाल लेबनानसँग ४-० गोल अन्तरले नै पराजित भयो ।

अन्तिम खेलमा आयोजक ताजस्कितानलाई पराजित गर्दै इरान समूह ‘बी’ को विजेताको रूपमा फाइनल चरणमा स्थान बनायो ।

समूह ‘बी’ मा नाै अंकसहित अपराजित इरान शीर्ष स्थानमा रह्यो । एक खेलमा पराजित ताजकिस्तान ६ अंकसहित दोस्रो स्थानमा रहँदा तीन खेलमा एक खेल जितेको लेबनान तेस्रो स्थानमा रह्याे । यता, नेपालले तीन खेलमा जितविहीन र गोलविहीन रहँदा १४ गोल व्यहोर्दै तालिकाको पुछारमा रह्यो ।

यस प्रतियोगितामा नेपाल लगातार तेस्रो संस्करण गोलविहीन भएको हो । यसअघिका दुई संस्करणमा समेत नेपाल गोलविहीन रहँदै आएको थियो ।

नेपाली ३२ टोली 

गोलरक्षक– अर्पण कार्की(कप्तान), विशाल सुनार, अभिषेक बराल

डिफेण्डर – सुमन अर्याल, गौतम श्रेष्ठ, राजन गुरुङ, रन्दीप पौडेल, शिव गुरुङ, अनिल महर्जन, अभिषेक लिम्बू

मिडफिल्डर – नितिन थापा, सुरज जिउ ठकुरी, आयुष घलान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी, आकाश बुढा मगर, रोशन पहाडी, एरिक बिष्ट

स्ट्राइकर – रितिककुमार खड्का, मनिष डांगी, अभिषेक रिजाल, दर्शन गुरुङ, राजिव लोप्चान

Leave a Reply

Your email address will not be published. Required fields are marked *