भौतिक दुरीलाई मेटाउन एभरेस्ट बैंकको सन्देशमूलक भिडियो

नेपालीहरुको महान चाड तिहारको उपलक्ष्यमा एभरेस्ट बैंकले भावनात्मक र सन्देशमूलक भिडियो सार्वजनिक गरेको छ ।

नेपालमा अहिले अध्ययन तथा कामको सिलसिलामा धेरैजसो नेपालीहरु घरबाट टाढा रहन्छन् । यस्तो भौतिक दूरीलाई मेटाउँदै दाजुभाइ र दिदीबहिनीको सम्बन्धलाई अझ सुमधुर बनाइ चाडबाड मनाउन यस भिडियोले सन्देश दिएको छ ।

सो भिडियो एभरेस्ट बैंकको आधिकारिक फेसबुक पेज वा युट्युब च्यानलमामा गएर हेर्न सकिने बैंकले जनाएको छ ।

बैंकमा हालसम्म करिब १२ लाख ग्राहक रहेका छन् । देशैभर १०५ शाखा सञ्जाल तथा प्रादेशिक कार्यालय, १३८ वटा एटीएमसहित बैंकले विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैकिङ सुविधा प्रदान गर्दै आएको छ ।

बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आएको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *