गाउँको पहिचान बदल्दै माघी मेला: व्यवसाय चलायमान, उद्यमी उत्साहित

भोजपुर। स्थानीयस्तरमा आयोजना हुने खेलकुद प्रतियोगिता तथा मेला–महोत्सवले पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याएको छ।

खेल तथा मेलाका अवसरमा बाहिरी जिल्लाबाट खेलाडी र दर्शकको आगमन बढ्दा स्थानीय पर्यटन र व्यवसाय चलायमान बनेको स्थानीयवासी बताउँछन्।

यसैक्रममा पौवादुङमा गाउँपालिकाले तेस्रो पौवादुङमा गोल्डकप तथा माघी मेला सम्पन्न गरेको छ।

प्रतियोगिता अवधिभर जिल्लाभित्र र बाहिरबाट आएका आगन्तुकका कारण होटल, रेस्टुरेन्ट र यातायात व्यवसायमा चहलपहल देखिएको स्थानीय व्यवसायी दिनेश अधिकारीले बताए।

मेलाका क्रममा स्थानीय कृषि उपज, हस्तकला र परम्परागत खानाका स्टल सञ्चालन गरिएको थियो, जसले स्थानीय उत्पादनको बजारीकरणमा सहयोग पुगेको गाउँपालिकाको भनाइ छ।

गाउँपालिका अध्यक्ष किरण राईका अनुसार खेलकुद र संस्कृति जोडिएका कार्यक्रमले गाउँको पहिचान निर्माण र आन्तरिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्‍याइरहेका छन्।

आगामी दिनमा यस्ता कार्यक्रमलाई थप व्यवस्थित र निरन्तर बनाउने योजना रहेको उनले बताए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *