काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः प्रवीण रमण पराजुली दोहोरिएका छन् ।
कम्पनी सञ्चालक समितिको जेठ २९ गते बसेको बैठकले सीईओमा पुनः पराजुलीलाई नियुक्त गर्ने निर्णय गरेको हो । योसँगै पराजुलीको कार्यकाल पुनः ४ वर्षका लागि थप गरिएको हो ।
यसअघि २०७९ साउन ४ गते पराजुली नेपाल लाइफको सीईओमा नियुक्त भएका थिए ।
Artha Sanjal






