काठमाडौं । नेपाली बजारमा ‘हट एण्ड स्पाइसी’ नुडल्स सेग्मेन्टमा आफ्नो पकड जमाउन सफल ‘करेन्ट नुडल्स’ को उत्पादक संस्था यसोदा फुड्सले आफ्नो रिटेल आउटलेट ‘करेन्ट मार्ट’ सञ्चालनमा ल्याएको छ।
भैरहवामा सञ्चालनमा रहेको पहिलो आउटलेटको सफलता र ग्राहकहरूको बढ्दो मागलाई मध्यनजर गर्दै कम्पनीले काठमाडौँको बानेश्वरस्थित कात्यानी चोकमा आइतबार नयाँ शाखा विस्तार गरेको हो।
मार्टको उद्घाटन यसोदा फुड्सका डाइरेक्टर मधुसुदन घिमिरे तथा नेसनल सेल्स म्यानेजर युगराज पाण्डेले संयुक्त रूपमा रिबन काटेर गरे । साथै, डाइरेक्टर मधुसुदन घिमिरेले करेन्ट मार्टको बारेमा मिडियालाई विस्तृत जानकारी समेत दिएका थिए ।

मार्टमा उपभोक्ताहरूले यसोदा फुड्सद्वारा उत्पादित सम्पूर्ण रेन्जका उत्पादनहरू एकै छानामुनि प्राप्त गर्न सक्नेछन्। यहाँ करेन्ट ब्रान्डका लोकप्रिय नुडल्स (चाउचाउ), विभिन्न प्रकारका स्न्याक्स, चिज बल्स, स्टिक्स तथा पोट्याटो क्र्याकर्स उपलब्ध हुनेछन्। त्यसैगरि, चिया पारखीका लागि करेन्ट गोल्ड मसाला र सिटिसी चिया तथा बिभिन्न प्रकारका मसला (जिरा पाउडर, धन्या पाउडर, रातो खुर्सानी पाउडर) आदि पनि मार्टमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

उद्घाटनका क्रममा बोल्दै यशोदा फुड्सका चेयरम्यान चुन्न प्रसाद पौडेलले भने, ‘भैरहवाका उपभोक्ताहरूले ‘करेन्ट मार्ट’लाई देखाउनुभएको माया र विश्वासले हामीलाई राजधानीमा पनि सेवा विस्तार गर्न उत्साहित बनाएको छ। उपभोक्ताहरूले अब कात्यायनी चोकबाटै हाम्रा ताजा र गुणस्तरीय उत्पादनहरू सहज रूपमा खरिद गर्न सक्नुहुनेछ।’
यसअघि कम्पनीले काठमाडौंको अनामनगर र शंखमुलमा ‘करेन्ट पोइन्ट’ मार्फत नुडल्स पारखीहरूलाई नयाँ स्वाद पस्किरहेको सन्दर्भमा यो नयाँ मार्टले पनि यशोदा फुड्सका प्याकेज्ड फुड खरिद गर्न चाहने ग्राहकहरूलाई विशेष सुविधा दिने विश्वास लिइएको छ।
सन् २०१७ मा स्थापित यसोदा फुड्स प्रा. लि. नेपालको एक अग्रणी खाद्य तथा पेय पदार्थ उत्पादक कम्पनी हो।







