सिद्धार्थ बैंक ‘अवार्ड्स फर कर्पोरेट एक्सीलेन्स २०२५’बाट सम्मानित

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले बैंकिङ क्षेत्रमा उत्कृष्ट कार्यसम्पादन प्रदर्शन गर्दै “Awards for Corporate Excellence 2025-Commercial Banking Category” अवार्ड प्राप्त गरेको छ ।

कर्पोरेट क्लब नेपाल प्रा. लि. (The HRM) द्वारा वार्षिक रूपमा आयोजना गरिँदै आएको प्रतिष्ठित अवार्ड समारोहमा बैंकलाई यो सम्मान प्रदान गरिएको हो ।

माघ १६ गते आयोजित विशेष समारोहकाबीच सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले उक्त अवार्ड ग्रहण गरेका थिए ।

बैंकले मानव संसाधन व्यवस्थापन, सुदृढ संस्थागत सुशासन तथा उच्च स्तरको कार्यसम्पादनमा पुर्‍याएको विशिष्ट योगदानको कदर गर्दै यो उपाधि प्रदान गरिएको बैंकले जनाएको छ ।

यस उपलब्धिले ग्राहकहरूप्रतिको प्रतिबद्धतालाई थप मजबुत बनाएको र आगामी दिनहरूमा अझ व्यवस्थित ढङ्गले सेवा प्रदान गर्न बैंकलाई थप प्रेरणा मिलेको विज्ञप्तिमा उल्लेख छ ।

यस सुखद अवसरमा बैंकले आफ्ना ग्राहक, सरोकारवाला र शुभचिन्तकहरूले पुर्‍याएको अटुट सहयोगप्रति हार्दिक कृतज्ञता समेत व्यक्त गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *