२० वाणिज्य बैंकको दोस्रो त्रैमासिक नाफा सार्वजनिक, नबिल अग्रस्थानमा

काठमाडौं । चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा अधिकांश वाणिज्य बैंकले वित्तीय विवरण सार्वजनिक गरेका छन्।

पनि व्यक्तिगत बैंकहरूको नाफा भने मिश्रित देखिएको छ। पर्याप्त तरलता, कर्जाको माग कमजोर हुनु, राजनीतिक अस्थिरता र पुँजी बजारको सुस्तताले बैंकिङ नाफामा दबाब कायम रहेको सरोकारवालाहरू बताउँछन्।

पुस मसान्तसम्म २० वाणिज्य बैंकको संयुक्त खुद नाफा ३० अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ। यो गत आर्थिक वर्ष २०८१/८२ को सोही अवधिको २७ अर्ब ४३ करोड ६९ लाख रुपैयाँको तुलनामा ११.५१ प्रतिशतले बढी हो।

समीक्षा अवधिमा सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक अग्रस्थानमा रहेको छ। नबिलको खुद नाफा पुससम्म ४६.७१ प्रतिशतले बढेर ४ अर्ब ७५ करोड रुपैयाँ पुगेको छ।

त्यसपछि ग्लोबल आइएमई बैंक दोस्रो स्थानमा रहँदै ६.५० प्रतिशत वृद्धि सहित ३ अर्ब २५ करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्ष सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५ करोड रुपैयाँ थियो।

कुमारी बैंकको नाफा भने उल्लेख्य रूपमा बढेको छ। बैंकको खुद नाफा ८८६ प्रतिशतले उक्लिँदै २ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको दोस्रो त्रैमाससम्म बैंकको नाफा २७ करोड ५७ लाख रुपैयाँ मात्र थियो।

अन्य बैंकहरूमध्ये एभरेष्ट बैंकको नाफा २.०४ प्रतिशतले बढेर २ अर्ब ११ करोड रुपैयाँ पुगेको छ भने प्राइम कमर्सियल बैंकको नाफा ९.२७ प्रतिशतले बढेर २ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

राष्ट्रिय वाणिज्य बैंकको नाफा भने १३२ प्रतिशतले बढ्दै १ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ।

यस्तै, एनएमबी बैंकको नाफा १७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड रुपैयाँमा झरेको छ भने नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ४३ प्रतिशतले घटेर १ अर्ब ६१ करोड रुपैयाँमा सीमित भएको छ।

पुस मसान्तसम्म सिद्धार्थ बैंकको सञ्चालन नाफा १ अर्ब ९६ करोड ८४ लाख रुपैयाँ पुगेको छ।

सानिमा बैंकको नाफा १६.६७ प्रतिशतले बढेर १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा १५० प्रतिशतले बढेर १ अर्ब ३२ करोड रुपैयाँ पुगेको छ।

हिमालयन बैंकको नाफा १५ प्रतिशतले घटेर १ अर्ब २९ करोड रुपैयाँमा झरेको छ।

नेपाल एसबिआई बैंकको नाफा १४.५६ प्रतिशतले बढेर १ अर्ब ३ करोड रुपैयाँ पुगेको छ भने प्रभु बैंकको नाफा २४ प्रतिशतले घटेर १ अर्ब १ करोड रुपैयाँमा सीमित भएको छ।

माछापुच्छ्रे बैंकले भने २५ प्रतिशत वृद्धि सहित १ अर्ब १ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

सरकारी स्वामित्वको कृषि विकास बैंकको नाफा २६ प्रतिशतले घटेर ७० करोड ७४ लाख रुपैयाँमा झरेको छ।

त्यस्तै, सिटिजन्स बैंकको नाफा ४५ प्रतिशतले घटेर ३५ करोड ८८ लाख रुपैयाँ पुगेको छ भने एनआईसी एसिया बैंकको नाफा १३.५४ प्रतिशतले घटेर १३ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ।

लक्ष्मी सनराइज बैंकको नाफा भने ऋणात्मक भई २७ करोड ३६ लाख रुपैयाँ घाटामा रहेको वित्तीय विवरणमा उल्लेख छ।

 वाणिज्य बैंकहरूको दोस्रो त्रैमासिक नाफा विवरण (२०८२/८३)

बैंकको नाम खुद नाफा (रु. करोड) नाफा वृद्धि/घट (%) टिप्पणी
नबिल बैंक 4.75 +46.71% सर्वाधिक नाफा
ग्लोबल आइएमई बैंक 3.25 +6.50% दोस्रो स्थान
कुमारी बैंक 2.72 +886% रेकर्ड वृद्धि
एभरेष्ट बैंक 2.11 +2.04% सामान्य वृद्धि
प्राइम कमर्सियल बैंक 2.04 +9.27% सकारात्मक
राष्ट्रिय वाणिज्य बैंक 1.77 +132% उच्च वृद्धि
एनएमबी बैंक 1.64 −17% नाफा घट्यो
नेपाल इन्भेष्टमेन्ट मेगा 1.61 −43% उल्लेख्य गिरावट
सिद्धार्थ बैंक* 1.97 सञ्चालन नाफा
सानिमा बैंक 1.39 +16.67% सुधार
स्ट्यान्डर्ड चार्टर्ड बैंक 1.32 +150% बलियो उछाल
हिमालयन बैंक 1.29 −15% दबाबमा
नेपाल एसबिआई बैंक 1.03 +14.56% वृद्धि
प्रभु बैंक 1.01 −24% घट्दो
माछापुच्छ्रे बैंक 1.01 +25% राम्रो सुधार
कृषि विकास बैंक 0.71 −26% सरकारी बैंक
सिटिजन्स बैंक 0.36 −45% ठूलो गिरावट
एनआईसी एसिया बैंक 0.13 −13.54% कमजोर प्रदर्शन
लक्ष्मी सनराइज बैंक −0.27 घाटामा
Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *