सिद्धार्थ बैंकको वितरणयोग्य मुनाफा, ईपीएस बढ्यो

काठमाडौं। सिद्धार्थ बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

वित्तीय विवरणअनुसार बैंकको नाफा र प्रतिसेयर आम्दानी बढेको छ। बैंकले चालू आवको पुससम्म १ अर्ब ३२ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

बैंकले गत आवको सोही अवधिमा यस्तो नाफा ५३ करोड २ लाख आर्जन गरेको थियो, जुन  १५०.२० प्रतिशतको वृद्धि हो।

बैंकले गत आवको पुससम्म ४ अर्ब ११ करोड ६० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकामा चालू आव पुससम्म बढेर ४ अर्ब ३२ करोड ८० लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब २७ करोड ३३ लाख रुपैयाँबाट बढेर ५ अर्ब ९७ करोड ३३ लाख पुगेको छ।

आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन नाफा पनि ७५ करोड ५४ लाख रुपैयाँबाट वृद्धि भई १ अर्ब ९६ करोड ८४ लाख पुगेको छ।

त्यसैगरी समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) पनि ७.१९ रुपैयाँबाट बढेर १७.९८ रुपैयाँ कायम भएको छ। बैंकको खराब कर्जा ४.५० प्रतिशतबाट घटेर ३.४५ प्रतिशतमा झरेको छ।

बैंकको प्रतिसेयर नेटवर्थ २११.२३ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात २१.४५ रहेको छ।

चुक्ता पुँजी १४ अर्ब ७९ करोड ४४ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा ५८ करोड ४५ लाख रुपैयाँ र रिजर्भ कोषमा १५ अर्ब ८७ करोड ९ लाख रहेको छ।

बैंकले २ खर्ब २५ अर्ब ६१ करोड ३१ लाख कर्जा प्रवाह गरी २ खर्ब ९० अर्ब ४७ करोड ७ लाख निक्षेप संकलन गरेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *