प्रभु बैंकको वितरणयोग्य मुनाफा सवा ३ अर्बमाथि, कस्ता छन् अन्य सूचक ?

काठमाडौं। प्रभु बैंक लिमिटेडले ले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १ अर्ब १ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

गत आवको तुलनामा नाफा केही घटेको देखिएको भए पनि बैंकले मुख्य आम्दानी स्रोत खुद ब्याजमा वृद्धि गर्दै ४ अर्ब ९८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ।

कुल सञ्चालन आम्दानी पनि गत आवको ६ अर्ब ६६ करोड ७५ लाखबाट बढेर ६ अर्ब ६९ करोड ६४ लाख पुगेको छ, जसले बैंकको व्यवसायिक विस्तार र आम्दानीको स्थिरता पुष्टि गर्दछ।

बैंकले चालू आर्थिक बर्षको दोस्रो त्रैमाससम्म २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँ कर्जा प्रवाह र ३ खर्ब ४० अर्ब ७३ करोड रुपैयाँ निक्षेप संकलन गरी ग्राहक विश्वास र वित्तीय सुदृढता दुवै कायम राखेको छ।
यस्तै, बैंकको रिजर्भ कोष १४ अर्ब २२ करोड ७० लाख रुपैयाँ रहेकोले भविष्यका जोखिम व्यवस्थापनमा मजबुती कायम हुनेछ।

विवरणअनुसार बैंकको एनपीएल बढ्नु केही चुनौतीपूर्ण भए पनि कुल सञ्चालन आम्दानी, ब्याज आम्दानी र कर्जा-निक्षेप वृद्धिले दीर्घकालीन रूपमा प्रभु बैंकको वित्तीय अवस्था बलियो रहेको देखाउँछ।

यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी आम्दानी ८.६२ रुपैयाँमा छ भने निष्क्रिय कर्जा ७.९४ प्रतिशत पुगेको छ। बैंकको प्रतिसेयर नेटवर्थ १४६.१७ रुपैयाँ रहको छ। त्यस्तै ,पुसमसान्तसम्ममा बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ।

यस अवधिमा बैंकले २ खर्ब २७ अर्ब ३२ करोड रुपैयाँ बढी कर्जा प्रवाह र  ३ खर्ब ४० अर्ब ७३ करोडा बढी निक्षेप संकलन गरेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *