बालेन-हर्क-महेशसहित ५ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन्द्र साहसहित पाँच जना उम्मेदवार र २ सङ्घसंस्थालाई आयोगले स्पष्टीकरण सोधेको छ।

साहसहित हर्क साम्पाङ, निकोलस भुसाल, महेश बस्नेत, जानुका पाठकलाई आयोगले स्पष्टीकरण सोधेको हो। बालेनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई हत्यारा भन्ने सार्वजनिक टिप्पणी गरेपछि उनलाई स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ।

त्यस्तै श्रम संस्कृति पार्टीबाट सुनसरी १ बाट उम्मेदवार बनेका हर्क साम्पाङले चुनाव प्रचारमा बालबालिका प्रयोग गरेको, टिसर्ट लगाउन लगाएर आचारसंहिता उल्लङ्घन गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको छ ।

त्यसबाहेक अर्का रुपन्देही २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बनेका निकोसल भुसाललाई पनि आयोगले स्पष्टीकरण सोधेको छ । उनलाई जेनजी आन्दोलनको आइकोनिक जुत्ता चुनाव चिन्ह भनी प्रचार गरेको आरोपमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

त्यस्तै भक्तपुर २ का एमाले उम्मेदवार महेश बस्नेतलाई रास्वपाका उम्मेदवार बालेन शाहलाई ‘छाउरा’ भनेको आरोपमा आयोगले स्पष्टीकरण सोधेको छ । भक्तपुर २ कै उम्मेदवार जानुका पाठक (शोभा पाठक) लाई उम्मेदवारमाथि घृणाजन्य टिप्पणी गरेको तथा हत्यारा, बलात्कारी जस्ता शब्द प्रयोग गरेको भन्दै आयोगले स्पष्टीकरण सोधेको जनाएको छ ।

त्यसबाहेक स्वास्थ्य स्वयंसेवक सङ्घले अनुमति नलिई आचारसंहिता लागू भएपछि अधिवेशन गरेको विषयमा सङ्घलाई स्पष्टीकरण सोधेको छ । अर्को एक स्पष्टीकरण शिक्षक सरुवाको विषयमा रहेको आयोगले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *