नेपाल पुनर्बीमा कम्पनीकाे २१ लाखभन्दा बढी संस्थापक शेयर लिलाममा

काठमाडाैं। यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको स्वामित्वमा रहेको नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक समूह तर्फका २१ लाख ७१ हजार ९३५ कित्ता शेयर सिलबन्दी बोलपत्र प्रक्रियामार्फत लिलाम बिक्रीमा राखेको छ ।

उक्त शेयरको प्रस्ताव न्यूनतम बोलकबोल मूल्य प्रतिशेयर रु. ४ सय तोकिएको छ भने न्यूनतम १ लाख कित्ता आवेदन दिनु पर्ने छ । लिलाम प्रक्रियामा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका संस्थापक शेयरधनीसहित प्रचलित कानुनबमोजिम योग्य रहेका व्यक्ति, फर्म, कम्पनी तथा संस्थाहरूले सहभागिता जनाउन सक्नेछन् ।

इच्छुक लगानीकर्ताले आवश्यक कागजातसहित समयसीमाभित्र नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड नक्साल, काठमाडौँमा सिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

तोकिएका सर्त तथा प्रक्रिया पूरा नगरेका बोलपत्रहरू स्वतः अमान्य हुने जनाइएको छ भने लिलाम प्रक्रियासम्बन्धी सम्पूर्ण अधिकार प्रचलित कानुनअनुसार बिक्री प्रबन्धकमा निहित रहनेछ कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *