काठमाडौं — काठमाडौं र चीनको ल्हासाबीच सोझै बस सेवा सञ्चालन गर्ने सहमति भएको छ। ल्हासामा सम्पन्न नेपाल–चीन वाणिज्य सचिवस्तरीय संयुक्त बैठकले कूटनीतिक माध्यमबाट काठमाडौं–ल्हासा बस सेवा पुनः सुरु गर्ने निर्णय गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार बस सेवा सञ्चालनको मिति दुवै देशबीचको कूटनीतिक समन्वयपछि तय गरिनेछ।
यसअघि करिब दुई दशकअघि छोटो समयका लागि सुरु भएको बस सेवा विभिन्न कारणले बन्द भएको थियो।
नयाँ सहमतिसँगै भिसा प्रक्रिया सहज बनाइने र तातोपानी नाका हुँदै बस सञ्चालन गर्ने तयारी गरिएको छ।
काठमाडौं–ल्हासा करिब एक हजार किलोमिटर दूरीमा रहेको छ।
बस सेवा पुनः सञ्चालन भए नेपाल–चीनबीचको व्यापार, पर्यटन र आवागमन विस्तार हुने अपेक्षा गरिएको छ।
Artha Sanjal






