कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्तापछि आधिकारिकता विवाद, भोलि टुंग्याइने

बुटवल । नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट दुई जनाले टिकट ल्याएपछि आधिकारिता विवाद उत्पन्न हुने देखिएको छ ।

उक्त क्षेत्रमा पूर्वमन्त्री देवेन्द्रराज कँडेल र कांग्रेस नेता भीमबहादुर थापा  ले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् ।

पार्टीले दुवै जनालाई टिकट दिएपछि सुरुमा थापाले निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए ।

त्यसपछि पूर्वमन्त्री कँडेलले पनि आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले थापाको उम्मेदवारीलाई ७ नम्बरमा दर्ता गरेको छ ।

कँडेल उम्मेदवारी दर्ताको तयारीका साथ निर्वाचन अधिकृतको कार्यालयमा आउँदै गर्दा थापाले आफ्नो उम्मेदवारी दर्ता गराएका थिए ।

दुवै जनाको पार्टीको आधिकारिता पत्र प्राप्त भएपछि भोलि दिउँसो ३ बजेदेखि ५ बजेसम्म विवाद टुङ्ग्याउने सहायक निर्वाचन अधिकृत प्रेमप्रसाद पराजुलीले रातोपाटीलाई बताएका छन् ।

उनले भने, ‘हामीले दुवै पत्र प्राप्त गरेका छौँ । अब दिउँसो ३ बजेदेखि ५ बजेभित्र टुङ्ग्याउनुपर्छ ।’

निर्वाचन आयोगले कँडेललाई दिएको पत्रमा पनि दुई जनाको मनोनयन पत्र दर्ता भएकोले छानबिन गरी निर्णय गर्ने कैफियत उल्लेख गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *