पोखरा । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङ निर्वाचन क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका नेता भीम श्रीस रानाले उम्मेदवारी दर्ता गराएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर रानाले आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
उम्मेदवारी दर्ताका क्रममा रानाको प्रस्तावकमा किरणराज पौडेल रहेका छन् भने समर्थकमा नेपाली कांग्रेस बागलुङका पूर्वसभापति हरिप्रसाद श्रेष्ठ रहेका छन् ।
उम्मेदवार राना विद्यार्थी राजनीतिबाट उदाएका प्रभावशाली नेता हुन् । उनी त्रिभुवन विश्वविद्यालय (त्रिवि) को पूर्व स्ववियू सभापति समेत हुन् ।
Artha Sanjal






