आइजीआई प्रुडेन्सियलको वित्तीय अवस्था नाजुक: नाफा ४ लाख, ईपीएस ०.०२ रुपैयाँ मात्रै

काठमाडौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म ४ लाख ३८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले २६ करोड ५१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।

चुक्तापुँजी ३ अर्ब २ करोड ९३ लाख रुपैयाँ रहेको कम्पनीको समीक्षा अवधिसम्ममा स्पेसल रिर्जभमा १ अर्ब ८५ करोड १८ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ६१ लाख रुपैयाँ रिटेन्ड अर्निङमा ५९ लाख ८४ हजार रुपैयाँ र अन्य इक्विटीमा ५५ करोड १७ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष असार मसान्तसम्म कम्पनीको स्पेसल रिर्जभमा १ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५७ करोड ७६ लाख रुपैयाँ रहेको थियो।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको बीमा कोषमा ७ अर्ब ४८ करोड ४२ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीको बीमा कोषमा ४ अर्ब २५ करोड ९७ लाख रुपैयाँ रहेको थियो। बीमा कोषको आकार ७५.७० रुपैयाँले बढेको छ।

समीक्षा अवधिसम्म कम्पनीले २ अर्ब ६५ करोड ३२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको चैतसम्म कम्पनीले २ अर्ब ५३ करोड ४३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क ४.६९ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ४ करोड १९ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको यही अवधिसम्म कम्पनीले ९२ करोड ९१ लाख रुपैयाँ खुद बीमा शुल्क संकलन गरेको थियो। अघिल्लो वर्षको तुलनामा कम्पनीको खुद बीमाशुल्क आर्जन १२.१४ प्रतिशतले बढेको छ।

चालु आर्थिक वर्षको चैतसम्म कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) घटेर ०.०२ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस ११.६७ रुपैयाँ थियो। कम्पनीको प्रतिशेयर नेटवर्थ १८२.७२ रुपैयाँ रहेको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *