नेपाल एयरलाइन्सले दुई कोषलाई किस्ताबापत तिर्‍यो ५३ करोड

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स कर्पोरेसन) ले कर्मचारी सञ्चय र नागरिक लगानी कोषलाई किस्ताबापत ५३ करोड रुपैयाँ तिरेको छ ।

निगमले जहाजको ऋण भुक्तानीको किस्ताबापत मंगलबार त्यस बराबरको भुक्तानी गरेको हो ।

निगमले अन्तर्राष्ट्रिय उडानका लागि किनेका दुई न्यारोबडी जहाजको २०८२ पुस मसान्तसम्मको किस्ताबापत पूरा किस्ता र दुई वाइडबडी जहाजको आंशिक किस्ता भुक्तानी गरिएको जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *