२० अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज पुस २९ गते फेरि २० अर्ब रुपैयाँबराबरको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले आज ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ज’ जारी गर्ने भएको हो । यो ऋणपत्रमा क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन पाउनेछन् ।

आज मध्याह्न २ बजेसम्म यस ऋणपत्रको अनलाइनबाट बोलकबोल हुनेछ । यो एकवर्षे अवधिको ऋणपत्र हो । यस ऋणपत्रमा न्यूनतम ५ करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलपत्र पेस गर्न सकिने बैंकले जनाएकाे छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *