कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं। नेपाली कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ। मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक भोलि बिहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको पक्षले विशेष महाधिवेशनको माग अघि सारेपछि कांग्रेसभित्र विवाद चर्किएको अवस्थामा कार्यसमिति बैठक बोलाइएको हो।

बैठकमा पछिल्लो राजनीतिक अवस्था, पार्टीभित्र देखिएको आन्तरिक मतभेद तथा आगामी रणनीतिबारे छलफल हुने बताइएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *