बालेन शाह माघ ५ गते राजीनामा दिने तयारीमा, झापा–५ बाट चुनाव लड्ने चर्चा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले माघ ५ गते पदबाट राजीनामा दिने तयारी गरेका छन्।

प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने उद्देश्यले उनले राजीनामा दिने निर्णय गरेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका एक सदस्यका अनुसार बालेनको राजीनामा माघ ५ गते नै सार्वजनिक हुने निश्चित छ। “उहाँले राजीनामा दिने निर्णय गरिसक्नुभएको छ। माघ ५ गते राजीनामा आउँछ,” ती सदस्यले भने।

राजीनामापछि बालेन निर्वाचन तयारीका लागि झापा–५ जाने तयारीमा छन्। सो क्षेत्रमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गर्ने विषयमा प्रारम्भिक छलफलसमेत भइरहेको स्रोतले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *