हिमालयन बैंकको ७३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। हिमालयन बैंकले ७३ हजार ६९।६६ कित्ता संस्थापक सेयर बिक्री खुलाएको छ।

बैंकले पाँच संस्थापक सेयरधनी जीतकुमार श्रेष्ठको २० हजार ४८२।०८ कित्ता, महेन्द्रनाथ कर्माचार्यको २० हजार २९७ कित्ता, घनमान वज्राचार्यको १९ हजार ४९२।

१३ कित्ता, तुलसीराम नेपालको ७ हजार ४०९।५६ कित्ता, हरिप्रसाद प्रसाईंको ५ हजार २८८।८९ कित्ता र जयन्तकुमार अग्रवालको १०० कित्ता बेयर बिक्री गर्न सूचना प्रकाशित गरेको हो।

संस्थापक सेयर बैंककै विद्यमान संस्थापक सेयरधनीलाई खरिद गर्न सक्नेछन्। सेयर खरिद गर्न चाहने सेयरधनीले आगामी ३५ दिनभित्र कमलादीस्थित बैंकको कानुन विभागमा निवदेन दिनु पर्नेछ।

तोकिएको म्यादभित्र निवेदन नपरे सर्वसाधारणलाई बिक्री प्रक्रिया अघि बढाइने बैंकले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *