काठमाडौँ। नेकपा (एमाले)का नेता गोकुल बास्कोटाले प्रतिशोधको राजनीतिले नेपालमा टुसा हालिसकेको बताएका छन्।
सामाजिक सञ्जाल एक्समा लेख्दै उनले यो अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम भएको उल्लेख गरेका हुन्।
उनले पाकिस्तान र पछिल्लो समय जरा गाड्दै गएको बंगलादेशी मोडेलको घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस् भन्दै चिन्ता व्यक्त गरेका छन्।
बास्कोटाले लेखेका छन्, ‘लामै समयदेखि चल्दै आएको पाकिस्तानी र पछिल्लो समय जरा गाड्दै गएको बंगलादेशी मोडेलको प्रतिशोधी राजनीतिले अब नेपाली राजनीतिमा टुसा हालेको प्रस्ट संकेत दिन थालेका छन्। यो, अति सत्ता केन्द्रित राजनीतिले सैद्धान्तिक जग गुमाएको परिणाम हो। त्यसले घृणाको सीमारेखा काटेर हिंस्रक बाटो नसमाओस्।’
Artha Sanjal






