सुपर मादी हाइड्रोपावरको झण्डै २ करोड कित्ता शेयरको लकइन अवधि २९ गते सकिँदै

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडको झण्डै २ करोड कित्ता शेयरको लकइन अवधि आउँदो माघ २१ गते सकिँदै छ।

कम्पनीको संस्थापक समूहतर्फको १ करोड ८७ लाख ४२ हजार ५०० कित्ता, कर्मचारीतर्फको ४४ हजार १०० कित्ता र आयोजना प्रभावित स्थानीय बासिन्दातर्फको ११ लाख २ हजार ५०० कित्ता गरी कुल १ करोड ९८ लाख ८९ हजार १०० कित्ता शेयरको लकइन अवधि सकिन लागेको हो।

कम्पनीले आईपीओ जारी गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिबाट संस्थापक समूह, कम्पनीमा कार्यरत कर्मचारी र आयोजना प्रभावित स्थानीय बासिन्दाको शेयर ३ वर्षसम्म लकइनमा राख्नु पर्ने प्रावधान छ।

लकइनमा रहुन्जेल शेयर खरीदबिक्री गर्न पाइँदैन भने लकइन अवधि समाप्त भएसँगै यी शेयरहरू कारोबार गर्न सकिनेछ। तर, सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारीको हकमा भने नियमानुसार शेयर रोक्का रहने प्रावधान रहेको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *