समानुपातिक सूचीमा ससुरा र भान्जा राख्नु गल्ती भयो – कुलमान

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता तथा अन्तरिम सरकारका मन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीमा आफन्तका नाम समावेश गर्नु त्रुटि भएको स्वीकार गर्दै ती नाम फिर्ता लिने बताएका छन्।

पार्टीको केन्द्रीय समिति बैठकमा उठेको आलोचनापछि घिसिङले भान्जा र ससुराको नाम सूचीमा राख्नु व्यक्तिगत कमजोरी भएको स्वीकार गरेका हुन्। बैठकमा सहभागी नेताहरूले समानुपातिक प्रणालीको मर्मविपरीत आफन्तलाई प्राथमिकता दिइएको भन्दै प्रश्न उठाएका थिए।

घिसिङले पार्टीभित्र उठेका असन्तुष्टिलाई सम्मान गर्दै सूचीमा परेका नामहरूको पुनरावलोकन गर्ने प्रतिबद्धता समेत जनाएका छन्। उनले समानुपातिक प्रतिनिधित्व योग्यता, समावेशीता र निष्पक्षताका आधारमा हुनुपर्ने बताए।

समानुपातिक सूची सार्वजनिक भएसँगै रास्वपाभित्रै चर्को बहस सुरु भएको थियो। पार्टी नेतृत्वले आन्तरिक छलफलपछि आवश्यक निर्णय लिने जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *