विराटनगर । उज्यालो नेपाल पार्टीका नेता प्रोफेसर डा. महेन्द्र लावतीले राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगकोमा बुझाएको समानुपातिक तर्फका बन्दसूचीमा राखिएको आफ्नो नामका विषयमा असहमति जनाएका छन् ।
उनले उज्यालो नेपाल पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा समाहित भएको विषयमा आफूहरूसँग सल्लाह नगरी समानुपातिक सूचीमा आफ्नो नाम राखिएको भन्दै असहमति जनाएका छन्।
रास्वपाले बुझाएको बन्द समानुपातिक उम्मेदवारको सूचीमा आदिवासी जनजाति पुरुष क्लस्टरको १२औँ नम्बरमा डा. लावतीको नाम समावेश गरिएको छ ।
डा. लावतीले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङमार्फत दुई पार्टीबीच एकता भएको समाचार आफूहरूले सञ्चारमाध्यमबाट मात्रै थाहा पाएको बताए ।
डा. लावतीले गणतन्त्र, धर्मनिरपेक्ष राज्य, संघीयता र समानुपातिक प्रतिनिधित्व आफूहरूको बटम लाइन भएको स्पष्ट पारे । तर उज्यालो नेपाल पार्टी र रास्वपाबीच भएको भनिएको ७ बुँदे सहमतिमा यी विषय समेटिएको नपाइएको उनले बताए ।
लावती हिन्दू विराेधी नेता हुन् । उनले बाहुनक्षेत्रीविरुद्ध चरम घृणाका अभिव्यक्ति दिँदै काेशी प्रदेशमा पहिचानवादी आन्दोलन चलाएका थिए। साथै उनी पाथीभरामा केबलकार बन्न हुन्न भन्ने अभियानका अभियन्ता पनि हुन्।
त्यस्तै, पाथिभरामा स्थानीयको चाहनाविपरीत जबर्जस्ति केबुलकार बनाउन एमालेका नेताकार्यकर्तामार्फत् राज्य प्रशासनलाई नै हातमा लिएका व्यापारी चन्द्र प्रसाद ढकालका छाेरा सचिन ढकाल पनि खस आर्यबाट रास्वपाकाे समानुपातिक उम्मेदवारको सूचीमा राखिएका छन्।






