काठमाडौं । कान्छाराम कन्स्ट्रक्सनसहित पाँच निर्माण तथा आपूर्ति कम्पनी कालो सूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले सम्झौताअनुसार ठेक्का सम्पन्न नगरेको भन्दै सोमबार ती कम्पनीलाई कालोसूचीमा राखेको हो।
कार्यालयका अनुसार, ग्रामीण सडक सञ्जाल सुधार आयोजना समन्वय एकार्य श्रीमल ललितपुरको सिफारिसमा कान्छाराम कन्स्ट्रक्सन र चिनियाँ ठेकेदार कम्पनी चोङकिङ इन्टरनेशनल कन्स्ट्रक्सन कर्पोरेशनलाई डेढ–डेढ वर्षका लागि कालोसूचीमा राखेको छ ।
यस्तै, नेपाल खानेपानी संस्थान शाखा कार्यालय पोखराको सिफारिसमा ड्रैगन कन्स्ट्रक्सन प्रालिलाई डेढ वर्षका लागि कालोसूचीमा राखिएको छ । यस्तै रौतामाई गाउँपालिकाको कार्यालय उदयपुरको सिफारिसमा सिंगदन सप्लायर्स एन्ड कन्स्ट्रक्सन प्रालि र विशाल निर्माण सेवालाई १/१ वर्षका लागि कालोसूचीमा राखिएको जनाएको छ ।







