प्रधानमन्त्रीद्वारा राष्ट्रपतिसमक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश ग

रेकी छन् । आइतबार राष्ट्रपतिको कार्यालय महाराजगन्जमा आयोजित एक विशेष समारोहका बीच राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष समेत रहेकी प्रधानमन्त्री कार्कीले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको हो।

नेपालको संविधानको धारा २६६ को उपधारा (३) को संवैधानिक व्यवस्था बमोजिम उक्त प्रतिवेदन राष्ट्रपति समक्ष पेश गरिएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता प्रदिप कुमार कोइरालाले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *