सिंहदरबार अगाडि जेनजी आन्दोलनका घाइतेहरूको धर्ना, सुरक्षा कडा

काठमाडौं । विभिन्न माग राखेर अर्थमन्त्री रामेश्वर खनाललाई भेट्न सिंहदरबार पुगेका जेनजी घाइतेहरूले प्रवेश पास नपाएपछि आइतबार सिंहदरबारको पश्चिम गेटमा धर्ना दिएका छन्।

जेनजी घाइतेहरूले रिलायन्स स्पीनिङ मिल्सको वैदेशिक रोजगारमा गएका नेपालीहरूको लागि निष्काशित आईपीओ बाँडफाँड प्रक्रियालाई तत्काल रोक्नुपर्ने, निष्पक्ष छानबिन आयोग गठनमा गरी तत्काल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठलाई निलम्बन गर्नुपर्ने माग राखेका छन् ।

त्यस्तै दोषी ठहरिए तत्काल बर्खास्त गर्नुपर्ने र भ्रष्टाचारमा संलग्न दोषीहरूलाई हदैसम्मको कानुनी कारबाही गर्नुपर्ने उनीहरूको माग छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *