काठमाडौं । सडक स्तरोन्नति र मर्मत सम्भारका लागि नागढुङ्गा–नौबिसे–मलेखु सडक खण्ड आजबाट पुस १ गतेसम्म दैनिक पाँच घण्टा बन्द हुने भएको छ । सडक खण्डमा कालोपत्रे तथा चट्टान काट्ने काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सवारी आवागमनमा रोक लगाइएको हो ।
यस अवधिमा हरेक दिन बिहान १०ः ३० बजेदेखि दिउँसो ३ः ३० बजेसम्म नागढुङ्गादेखि पिपलामोडसम्म र धादिङको पोखरे भिर क्षेत्रमा सवारी चल्न पाउने छैनन् । मङ्सिर २४ गतेदेखि नै सडक बन्द गरेर काम थालिएको भए पनि एमाले महाधिवेशनलाई असर पर्ने गुनासो आएपछि बिचमा दुई दिन (२६ र २७ गते) सडक खोलिएको थियो ।
एमाले निकट युवा सङ्घको टोलीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङलाई भेटेर आग्रह गरेपछि दिउँसोको समयमा सडक खोलेर सहज बनाइएको थियो । आजबाट भने पुनः नियमित काम अघि बढाइएको छ ।




