काठमाडौं । बैंकिङ प्रणालीमा बैंकिङ प्रणालीमा तरलता बढेको बढ्यै छ। अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै प्रणालीबाट दिनहुँजसो रकम खिचिरहेको छ।
सोहिक्रमलाई निरन्तरता दिँदै केन्द्रीय बैंकले आज मंसिर २८ गते पुन: बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ तान्ने भएको छ। यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ।
निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।
निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने राष्ट्र बैंकले जनाएको छ।







