काठमाडौं । नेरुडे–मिर्मिरे लघुवित्त वित्तीय संस्थामा लिमिटेडका ५१ जना कर्मचारी कर्मचारी एकैपटक बाहिरिएका छन्। खर्च कटौती गर्ने रणनीतिअनुसार सँस्थाले भीआरएस योजना ल्याएर कार्यवाहक सिईओ भागनारायण साहुसहितका कर्मचारीहरुलाई सँस्थाबाट बिदा गरेको हो।
सँस्थाका प्रमुख सूचना अधिकारी दिनेश कटुवालका अनुसार भिआरएस योजनाका लागि ५१ जनाको राजीनामा स्वीकृत भएको छ। उनीहरूलाई बुधबार औपचारिक कार्यक्रममार्फत बिदाइ गरिएको हो। सँस्थाले लघुवित्त क्षेत्रमै यति ठूलो संख्यामा कर्मचारी एकैपटक भिआरएस ल्याएर निकालिनुको पछाडिको कारण खुलाएको छैन। तर, वित्तीय क्षेत्रमा भएको यो निर्णयलाई सामान्य रुपमा लिइएको छैन।
पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएको समस्याका कारण भीआरएस योजना ल्याइएको र कर्मचारी कटौती गरी आन्तरिक संरचनात्मक पुनर्संरचना गर्न र खर्च व्यवस्थापनमा देखिएको समस्या समाचार गर्ने रणनीति अपनाएको सँस्थाको आन्तरिक स्रोतले जनाएको छ।
कामु सिईओदेखि उच्च व्यवस्थापनकै कर्मचारीहरू समूहगत रुपमा बाहिरिएपछि संस्थाभित्र कार्यसञ्चालन र सेवा प्रवाहमा कस्तो असर पर्छ भन्ने विषयमा सरोकारवाला भने चासो व्यक्त गरिरहेका छन्।







