फेरि बढ्यो अन्डाको मूल्य

काठमाडौं । १० दिनअघि मात्र बढेको अन्डाको मूल्य फेरि बढाइएको छ। नेपाल लेयर्स कुखुरापालक संघले भोलि (मंगलबार)देखि लागू हुने गरी अन्डाको मूल्य पुनः वृद्धि गरेको हो।

संघले प्रतिक्रेट २० रुपैयाँ थप गर्दै नयाँ मूल्य सूची सार्वजनिक गरेको छ। मूल्य बढेसँगै सबैभन्दा ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ८० रुपैयाँ पुगेको छ । यस्तै ठूलो अन्डाको मूल्य प्रतिक्रेट ५ सय ६५ रुपैयाँ पुगेको छ ।

मध्यम अन्डाको मूल्य प्रतिक्रेट ५ सय ५० रुपैयाँ तोकिएको छ । संघका अनुसार १३ मंसिरमा सबैभन्दा ठूलो अन्डा प्रतिक्रेट ५ सय ६०, ठूलो अन्डा प्रतिक्रेट ५ सय ४५ र मध्यम अन्डा प्रतिक्रेट ५ सय ३० रुपैयाँ थियो ।

संघका सचिव मदन पोखरेलले अहिले अन्डा उत्पादन एकदमै कम भएको र माग बढी भएको हुँदा मूल्य बढेको बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *