दुई निर्माण कम्पनी तीन वर्षका लागि कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले दुई निर्माण तथा आपूर्ति कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ ।

जनता तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नम्बर २ जलेश्वर महोत्तरीको सिफारिसमा पुष्प हेम कन्स्ट्रक्सन प्रालि तीन वर्षका लागि कालोसूचीमा परेको छ ।

यस्तै हेलम्बु गाउँपालिकाको कार्यालय सिन्धुपाल्चोकको सिफारिसमा कौशिल बस्नेत निर्माण सेवा प्रालिलाई कालोसूचीमा राखिएको कार्यालयले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *