नेपाल एसबिआई बैंकद्वारा बिराटनगरको विराट बहिरा मा.वि.लाई २ लाख ५० हजार आर्थिक सहयोग प्रदान

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडद्धारा सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत बिराटनगरको कोचाखालस्थित विराट बहिरा मा.वि., परिसरमा डिप बोरिङ जडान गर्ने उदेश्यले रु. २.५० लाख आर्थिक सहयोग प्रदान गरेको छ ।

यस पहलले विद्यालयका विद्यार्थी, शिक्षक, तथा कर्मचारीहरूलाई सहज खानेपानीको व्यवस्थापन हुने लक्ष्य बैंकले राखेको छ । कार्यक्रममा बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, राम कुमार तिवारीले विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष, मिना जोशी र प्रधानाध्यापक, मिनु अधिकारी दाहाललाई संयुक्त रुपमा उक्त सहयोग रकमको चेक हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख संचालन अधिकृत, विकास आनन्द, प्रमुख वित्तिय अधिकृत, राजेश कुमार पंडा, प्रमुख अनुपालन अधिकृत, विष्णुदेव यादव, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, प्रविण मुनि बज्राचार्य, प्रमुख कर्जा अधिकृत, रोशन कोइराला, कोशी प्रदेश प्रमुख, श्रीधर अधिकारी र बैंक तथा विद्यालयका अन्य पदाधिकारीहरु समेतको उपस्थिति रहेको थियो ।

बैंकले शिक्षा क्षेत्रमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ । नेपाल एसबिआई बैंकले बिगत ३२ वर्षदेखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०२ शाखा, २२ एक्स्टेन्सन काउन्टर, २१ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *