बैंकहरूको पूँजी लगानीकाे तुलनामा प्रतिफल घट्दै

बैंकहरुले गरेको लगानी वापत प्राप्त हुने प्रतिफल घटेको छ । बैंकहरुको चैत मसान्तसम्मको वित्तीय विवरण अनुसार आरओई घटेको पाइएको हो । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आइपुग्दा बैंकहरुको आरओई औसतमा ७.०४ प्रतिशत छ । जुन गत आवको सोही अवधिमा आरओई १३.५३ प्रतिशत थियो ।  बैंकहरुको आरओई ६.४९ प्रतिशत विन्दुले घटेको छ ।

राष्ट्रिय वाणिज्य बैंकको ११.८१ प्रतिशत, सानिमा बैंकको ११.६४ प्रतिशत, नेपाल बंगलादेशको १०.९४ प्रतिशत, प्रभु बैंकको १०.८३ प्रतिशत, एनआईसी एशिया बैंकको १०.१९ प्रतिशत, नबिल बैंकको १०.०६ प्रतिशतले घटेको छ ।

एभरेष्ट बैंक ४.५७, हिमालयन बैंक ४.७३, नेपाल बैंक ४.३९, कृषि विकास बैंक ५.०५, लक्ष्मी बैंकको ७.३२ र बैंक अफ काठमाण्डूको ६.४१ प्रतिशतले घटेको छ ।

माछापुछ्रे बैंकको ६.०९, ग्लोबल आइएमई बैंकको ७.८८ प्रतिशत, प्राइम बैंकको ९.६५ प्रतिशत, एनएमबि बैंकको ७.३० प्रतिशत, सिद्धार्थ बैंकको ७.३७ प्रतिशत, एनसीसी बैंकको ३.४३ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको २.९५ प्रतिशत छ ।

मेगा बैंकको ७.१२ प्रतिशत, कुमारी बैंकको ६.८६ प्रतिशत, सेञ्चुरी बैंकको २.३८ प्रतिशत, सनराइज बैंकको ४.७५ प्रतिशत, नेपाल एसबीआई बैंक १.८० प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंक ७.४७ प्रतिशत छ ।

गत आवको चैत मसान्तको तुलनामा चालु आवको सोही अवधिमा सबैभन्दा बढी आरओई राष्ट्रिय वाणिज्य बैंकको ११.८१ प्रतिशत र सबैभन्दा कम सिभिल बैंकको ०.२४ प्रतिशतले घटेको हो ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *